दफा १८२
धर्मपुत्र वा धर्मपुत्रीको दायित्व
धर्मपुत्र वा धर्मपुत्रीको दायित्व देहाय बमोजिम हुनेछ :–
(क) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिलाई आफ्नो बाबु आमा सरह इज्जत तथा क्षमता अनुसार पालनपोषण, स्वास्थ्य तथाहेरचाहको व्यवस्था गर्ने,
(ख) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको सम्पत्तिको संरक्षण, हेरविचार तथा उचित व्यवस्थापन गर्ने,
(ग) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको हक र हितको संरक्षण गर्ने ।